लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

म्याग्दीमा जीप दुर्घटना : ज्यान गुमाउने ४ जना पुगे, ३ जना पोखरा उपचारमा

IMG

२०७८ मङ्सिर १३,तिलोत्तमा सिटी। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलाको औल भन्ने ठाउँमा आज (सोमवार) बेलुकी जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जीप दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूमा चालकसहित आठै जना रघुगंगा गाउँपालिका १ बेग खोलाका रहेका छन् । ज्यान गुमाउनेमा बेग खोलाकी ३० वर्षीया गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्मा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईले जानकारी दिनुभयो ।  


दुर्घटनामा घाइते हुनेहरूमा बेग खोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेका डीएसपी राईले बताउनुभयो । घाइतेहरूको टाउको, र शरीरका विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।घाइते भएकाहरूको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि तीन जनालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । घाइते शेरपुञ्जाको बेनी अस्पतालमै उपचार भइरहेको छ । उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप सडकबाट तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ ।  

कमेन्ट गर्नुहोस्