लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेको थारु महिला केन्द्रिय सदस्यमा,तिलोत्तमा नगरका उपप्रमुख जागेश्वरीले दिईन उम्मेद्वारी

IMG

२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। चितवनमा जारी नेकपा एमालेको १० औ महाधिबेशनको बन्द सत्र शुरु भएको छ। यो अधिबेशनमा उम्मेद्वारी दिने नेपालकै उत्कृस्ट  तिलोत्तमा नगरपालिकालाई धेरैले नियाली रहेका छन्। नगरप्रमुख बासुदेव घिमिरेले दिएको खुल्ला केन्द्रिय सदस्यको उम्मेद्वारी संगै महिला मुक्ती आन्दोलन र परिबर्तनको लागि सशक्त भुमिका खेल्नु भएकी थारु समुदाय कि निष्ठाबान गतिशील र बौद्धिक महिला नेता तथा रुपन्देही सचिव एबम तिलोत्तमा नगरपालिका रुपन्देहीका उपप्रमुख समेत रहेकी जागेश्वर देवी चौधरीले पनि थारु महिला केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएकी छिन। 




बिचारमा सधै अडिग रही पार्टी बिधान र संगठन बिस्तारमा समेत प्रमुख भूमिका खेलेकी जागेश्वरी देवीले आफु थारु महिलाको हक हितका लागी सधै खटिरहेको र आगामी दिनमा समेत अहोरात्र खट्ने जानकारी दिएकी छिन।  पार्टीको ऎतिहासिक महाधिबेशनले कार्यकर्ता, नेता, र नेतृत्व तहमा थप उत्साह बटुलेको बताउदै जनताको हरेक सुख दुखमा आफु साथ् दिन तयार रहेको बताईन।  तिलोत्तमा नगरपालिकामा उपमेयर भैरहदा र रुपन्देहीको पार्टी संगठनलाई थप बलियो बनाउने कुरामा सधै अग्रसर भूमिका खेल्ने गरेको बताउदै महिला नेता चौधरीले आफ्नो उम्मेद्वारी ससक्त महिला मुक्ती आन्दोलन र परिबर्तनको लागि भएको बताएकी छिन।


रुपन्देहीको समग्र पार्टीको महिला पंक्तिमा समेत अग्रणी स्थानमा देखिएकी चौधरीको पार्टीप्रतिको निष्ठा, इमान्दारिता , जिम्मेबारी, अगरसरता र निरन्तरताले पार्टी थप मजबुत भएको उनको जिकिर छ। रुपन्देहीमा नेकपा एमालेको स्थान समग्र रुपमा अग्रणी बनाएकी उनि हाल पार्टीको रुपन्देही सचिव समेत हुन्।  १० औ महाधिबेशनमा एक इमान्दार, कर्मठ, बहुआयामिक, बिकाश, न्याय, समानता राजनीतिका पर्यायबाची बनेर सधै काम गर्ने अठोट लिदै अधिबेशनले सच्चा नेता रोज्नेमा आफु ढुक्क भएको जागेश्वरी देवी चौधरीले बताएकी छिन। 

कमेन्ट गर्नुहोस्