
२०७८ मङ्सिर ९,तिलोत्तमा सिटी। नेकपा (एमाले)को १० औं महाधिवेशनमा खुल्ला क्षेत्रबाट केन्द्रीय सदस्यका लागि बासुदेव घिमिरेले उम्मेदवारी दिनुहुने भएको छ । हाल तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमाले केन्द्रीय स्थानीय तह विभाग सदस्य समेत रहेका घिमिरे १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका थिए । बिस २०२४ सालमा जन्मिनु भएका घिमिरे २०४० सालदेखि विद्यार्थी संगठनमा आवद्ध भइ राजनीति शुरु गर्नु भएको थियो । घिमिरेलाई बहुआयामिक, बिकाशप्रेमी, समाजसेवी राजनीतिज्ञको रुपमा पनि चिनिन्छ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा खुला क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै घिमिरेले आफुलाई मतदान गरि अमूल्य सहयोग र समर्थनको अपेक्षासहित पार्टीले सुम्पिएको जिम्मेवारी ईमान्दारी र जवाफदेहिताका साथ बहन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। पार्टी सगंठन र बिकाश अनि समृद्धिलाई जोडन सक्ने नेतृत्व पार्टीमा समेत आवश्यक भएकाले आफु सो कार्यका लागि निरन्तर लागि परेको घिमिरेको भनाई छ।
तिलोत्तमाको समग्र बिकाशमा स्थानिय चुनावमा भारी मतले निर्बाचित भएर आएपछि तिलोत्तमाको मुहार नै फेरिएको अनुभूति दिलाउन सफल नगरप्रमुख समेत रहेका नेकपा एमालेका नेता बासुदेव घिमिरेले आफुलाई एउटा कर्मठ,असल, सच्चा राजनीतिज्ञ र बिकसप्रेमिको छबि बनाउन सफल छन्। तिलोत्तमा नगरपालिकामा देशमै पहिलो स्थानिय तहद्वारा आयोजित लगानी सम्मेलन देखि सरसफाई , हरियाली प्रबर्धन, प्लास्टिक मुक्त नगरपालिका, औधोगिक ग्राम, नगरका सबै वार्डमा वडा भवन, ल्याब सहितको स्वास्थ्य चौकी, अक्सिजन प्लान्ट सहितको कोभिड आइसुलेसन,सबै सामुदायिक विद्यालयको स्तरोन्नति, सडक निर्माण, पार्क , बाल उद्धान , सिक्सलेन सडक खण्ड सिद्धार्थ राजमार्ग हाइवेमा सडक बत्ति र झिलिमिली , सफा सडक, ग्रिनरी जोन , बालमैत्री नगरपालिकाको तयारी जस्ता कार्य नेता बासुदेव घिमिरेकै नेतृत्वमै तिलोत्तमा नगरपालिकामा भएको छ। २०४० सालदेखि विद्यार्थी संगठनमा आवद्ध भै बिस २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका घिमिरे तत्कालीन प्ररायु संघ नेपाल (हाल युवा संघ नेपाल) को विभिन्न कमिटी हुँदै केन्द्रीय कमिटी सम्मको जिम्मेवारीमा रहनुभएको थियो।
तिलोत्तमा नगरपालिकाका पेयर समेत रहनुभएका घिमिरे नेकपा एमालेका विभिन्न कमिटी हुँदै तीन कार्यकाल जिल्ला कमिटी रुपन्देहीको जिम्मेवारी र हाल केन्द्रीय स्थानीय विभाग सदस्य रहनुभएको छ। आफु मेयर हुनुभन्दा अगाडी पनि बिद्यालय , बैंकिंग क्षेत्र , स्वास्थ्य क्षेत्र लागायत विभिन्न सामुदायिक संघ संस्थाहरुको जिम्मेवारी पूरा गरेका उनले हाल तिलोत्तमा नगरपालिका, रुपन्देहीको नगरप्रमुखको रुपमा आफुलाई विकासप्रेमी नेताको रुपमा परिचित गराएका छन्।
कमेन्ट गर्नुहोस्