लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुवेतले दियाे नेपाललाई २८ रनको लक्ष्य

IMG

२०७८ मङ्सिर ९  ,तिलोत्तमा सिटी । 

संगीता राई र कप्तान रुविना क्षेत्रीले धारिलो बलिङ गरेपछि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य लक्ष्य दिएको छ ।

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटियो  । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट लिए । यस्तै करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक-एक विकेट लिए ।

ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपाललाई कुवेतविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएकाे थियाे । दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल कुवेतलाई पराजित गर्दै ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा पुग्ने दाउमा छ।  

कमेन्ट गर्नुहोस्