
२०७८ मङ्सिर ८,तिलोत्तमा सिटी । नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इञ्चार्ज समेत रहेका रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनाबाट निधन भएको छ ।पार्टीको कार्यक्रममा भाग लिएर दाङको भालुवाङबाट फर्किदै गरेका बन्जाडेलाई रुपन्देहीको जितगढीमा बसले ठक्कर दिएको थियो । मंगलबार साँझ बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएपछि घाइते भएका बन्जाडेको बुटवलस्थित सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुधबार बिहान साढे बजे टंकमणीको निधन भएको अस्पतालले जनाएको छ ।दुर्घटना लगत्तै अस्पताल बुटवलस्थित सिटी अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा बिहान मृत्यु भएको हो । विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका बन्जाडे अखिल क्रान्तिकारीको केन्द्रिय महासचिव समेत भएका थिए ।
सधै जोसिलो अनि सधै जुझारु नेता समेत रहेका बन्जाडेलाई बुटवल बाट जादै गरेको ना ७ ख ९०६ नम्बरको बसले उनि सवार लु २६ प ५८९८ नम्बरको मोटर साइकललाई ठक्कर दिदा टाउको सडकमा बजारिएर अचेत घाइते अवस्थामा थिए। राती करिब ८ बजे आफ्नै घर नजिकै आइसक्दा दुर्घटना भै लडेका उनलाई दुर्घटना लगत्तै अस्पताल बुटवलस्थित सिटी अस्पताल पुर्याइएको भएपनि उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
स्वर्गीय बुवा चोप नारायण र आमा पम्फाका काहिला छोरा रहेका बन्जाडे बिस २०२३ साल फागुन १९ गते अर्घाखाचीको धारापानीमा जन्मिएका हुन्। त्रिभुवन युनिभर्सिटीबाट स्नातक अध्ययन सकेका उनले अर्घाखाचीको शान्ती मावि धारापानी मा बिद्यार्थी जीवन बिताएका थिए। ६ दाजुभाई र एक दिदि रहेको ठुलो परिवारमा जन्मेका उनको अहिले बसेको घर जितागढ़िमा श्रीमती खुमा भण्डारी बन्जाडे सहित १ छोरा अभि र १ छोरी अन्सु रहेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नेकपा माओबादीले एक जुझारु र परिबर्तनकारी योद्धा गुमाएको र जनयुद्धको थालनी गर्दा उदाएको नाम टंकमणि आज गुमाउनु पर्दा पार्टी समाज र सिंगो देशलाई अपुरणिय क्षति भएको बताएका छन्। त्यस्तै पूर्व मंत्री सुदर्शन बरालले समाजको कुना काप्चा सम्म आफ्नो सामाजिक सेवा र राजनीतिक जिबन बिताएका बन्जाडेलाई समाजले कहिल्यै बिर्सन नसक्ने बताएका छन्। त्यस्तै लुम्बिनी प्रदेशका इन्चार्ज चन्द्रप्रकाश खनाल बलदेव ले पार्टीलाई परेको यो क्षतिले स्तब्ध तुल्याएको बताउनुभएको छ। २०३८ सालमा बिद्यार्थी जिबनबाट राजनीतिमा होमिएका उनि २०४२ साल बाट पार्टीको पूर्णकालिन राजनीतिमा आउदै, २०५३ सालमा जौबारी प्रहरी चौकी कब्जा गर्ने बेला घाइते हुनुभएको र २०७२ सालमा नेकपा माओबादीका पार्टी पोलिट ब्युरो सदस्य तथा २०६४ सालमा अर्घाखाचीमा संबिधानसभा चुनाबमा उम्मेदवारको रुपमा थिए। बुटवल मजुवामा निर्माण भएको शहिद स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहेका उनले प्रतिष्ठानको रुपमा सो भवन र कोषको आफ्नै नेतृत्वमा निर्माण गराएका थिए। आफै अध्यक्ष समेत रहेको प्रतिष्ठान भवनमै आज उहालाई अन्तिम श्रद्दान्जली दीइएको थियो। उहाको दुखद निधनप्रति नेकपा माओबादी केन्द्रले आगामी ३ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने, र लुम्बिनी प्रदेशको १२ जिल्लामा शोक सभा गर्ने निर्य गरेको छ।
आजै अन्त्येष्टि
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको मगरघाटमा अन्त्येष्टि गरिएको छ ।बन्जाडेलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, माओवादीका नेता एवं पूर्व मन्त्री चक्रपाणी शर्मा बलदेव, सुर्दशन बराल लगायतका नेता कार्यकर्ताहरुले अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए । मंगलबार साँझ पार्टीको कार्यायक्रममा सहभागि भएर बुटवल आउने क्रममा बन्जाडे सवार मोटरसाइकलाई बसले ठक्कर दिएको थियो ।
बञ्जाडेको निधनले माओवादीलाई अपूरणीय क्षतिः अध्यक्ष प्रचण्ड
रामप्रसाद बञ्जाडे (टंकमणि) निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका मओवादी अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी जनयुद्धको क्रममा अति संवेदनशील तथा विशेष भूमिका निर्वाह गरेका बञ्जाडेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका हुन् ।
कमेन्ट गर्नुहोस्