
२०७८ मङ्सिर २,तिलोत्तमा सिटी । अन्तत: तिलोत्तमा नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न स्वास्थ्य चौकी बनाउने सपना पुरा भएको छ। सामान्य बिरामीदेखि जटिल सम्मका बिरामीलाइ समेत सेवा दिनका लागि डाक्टर सहितको बिरामी सेवालाई ल्याब सहितको शहरी स्वास्थ्य केन्द्र, वडा स्वास्थ्य चौकी , आधारभूत स्वास्थ्य केन्द्र र हस्पिटल सेवा सहितको स्वास्थ्यचौकीले अब आमनगरबासीमा झनै आशा पलाएको छ। जनप्रतिनिधि भएर आएपछि गरिएको साझा कार्यसंगै स्वास्थ्यको क्षेत्रमा भएको यो कार्यले नगरबासीको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको देखिन्छ। सुबिधा सम्पन्न स्वास्थ्य क्षेत्रका ल्याब , बर्थिंग सेन्टर, डाक्टर सहितको सेवा, अक्सिजन सेवा सहितको आइसुलेसन मात्र नभएर आयुर्वेदिक स्वास्थ्य चौकीले पनि नगर बासीको ध्यान तानेको छ।
अघिल्लो हप्तासम्म वडा नम्बर ४ को ल्याबसहितको स्वास्थ्य केन्द्र स्थापना गरि उद्घाटन गरेको केहि दिनमै १७ वडा मध्यकै अन्तिम वडा , वडा नम्बर ८ मा रहेको करहिया स्वास्थ्य चौकी भवनको समेत नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरीले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको छ। स्वास्थ्य क्षेत्रको गुणात्मक र परिणात्मक परिबर्तन गर्न नगरपालिका अग्रसर रहेको भन्दै नगरप्रमुख घिमिरेले ग्रामिण समुदायमा स्वास्थ्य चौकीको राम्रो प्रभाव भएकोले अनिभावी डाक्टर र स्वास्थ्यकर्मीको निगरानीमा हुने स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध गर्नुभएको छ। उहाले स्वास्थ्य सेवामा नगरपालिकाको तर्फ बाट कुनै कमि नहुने भन्दै सबै नगरबासीले ढुक्कसंग आफ्नो अधिकार प्रयोग गर्न पाउने बताउनुभयो। सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले ढुक्क भएर औषधि उपचार परामर्श सेवा लिन नगरबासीहरुमा अनुरोध समेत गर्नुभएको छ।
१७ वटा वडा मध्ये तिलोत्तमाको ८ नम्बर वडामा भएको समुद्घातानाले स्वास्थ्य क्षेत्रमा तिलोत्तमा नगरपालिका लाई अझै दरिलो साबित गरेको छ।
कमेन्ट गर्नुहोस्