
तिलोत्तमा सिटी,१५ कार्तिक २०७८। लायन्स क्लब अफ बुटवल सनराइजको आयोजना तथा नवयुग युवा क्लब सैनामैना तथा लायन्स आँखा अस्पताल बुटवलको सहकार्यमा नि :शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच संचालन भएको आँखा जाँच शिविर सैनामैना नगरपालिका-१ सैनामैना चोकमा खनेपानी सस्थानको सभाहलमा भएको थियो । उक्त शिविरबाट करिब १६० जनाले आँखा जाँच गरि लाभ लिएका थिए। लायन्स क्लब अफ बुटवल सनराइजका अध्यक्ष शंकर पाण्डे , प्रमुख अतिथि केयर सिंह गलामी , विशिष्ट अतिथी सनराइजका सस्थापक अध्यक्ष समुन्द्र श्रेष्ठ अतिथि नवयुग युवा क्लबका अध्यक्ष तुल बहादुर तरामु , विशिष्ट अतिथी सैनामैना खनेपानी सस्थाका अध्यक्ष कबिराज कुँवर लगायतले बोल्दै क्लबले गरेको सामाजिक सेवाले समाजमा रहेका मनिसकालागी उदाहरणिय कार्य गरेको बताएका छन्।
लायन्स क्लब अफ बुटवल सनराइजका कोषाध्यक्ष सबिन शर्मा सदस्यहरु राजन पाण्डे , इपल भन्डारी, लक्ष्मण पन्थ , जीवन पौडेल, बिकास पन्थी, मनिक गैरे, बिमल के सि लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका संयोजक रमेश पन्थिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शंकर पाण्डेले क्लबले पहिले देखि यस्तो कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्य गर्दै सामाजिकसेवामा क्लब सदैब तत्पर रहने बताउनुभयो । कार्यक्रमको संचालन क्लबका सचीव अमर पन्थीले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्