लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

IMG

तिलोत्तमा सिटी,१५ कार्तिक २०७८।रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा लु.५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना.३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक परिचय नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

कमेन्ट गर्नुहोस्