
तिलोत्तमा सिटी,१२ कार्तिक २०७८। बिगत ६ दिनदेखि बेपत्ता रूपन्देहीको तिलोत्तमाका युवक पोखरामा फेला परेका छन् । बनबाटीका घर भएका १७ वर्षिय पवन सापकोटा कार्तिक ७ गतेबाट सम्पर्कबिहीन भएका थिए । साथीको घर जाने भन्दै घरबाट हिडेको र ६ दिनपछि भर्खरै मात्रै सम्पर्कमा आएको उनका बुबा गोबिन्द सापकोटाले बताए ।पवनले लुम्बिनी टेक्निकल कलेजमा कक्षा एघारमा अध्ययन गर्दथे । उनको खोजीकार्यका लागि सहयोग गर्ने सबैलाई स्थानीय गणेश सापकोटाले धन्यबाद दिएका छन् । उनी सम्पर्कबिहीन भएको समाचार आएपछि उनको खोजीकार्य तिब्र भएको थियो। अहिले उनि परिवारको सम्पर्कमा छन्।
कमेन्ट गर्नुहोस्