
तिलोत्तमा सिटी,१२ कार्तिक २०७८। गृहमन्त्री बालकृष्ण खाँणले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्ड गएपछि गृहमन्त्री खाँणले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत खाँणलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार साँझ पठाएका थिए ।राष्ट्रपतिले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र पठाएसँगै खाँणले सो जिम्मेवारी बहन गर्नेछन् ।तिलोत्तमा नगरपालिका रुपन्देही निवासी खाँण मन्त्रिपरिषद्को बरियताक्रममा प्रधानमन्त्री देउवापछि दोस्रो नम्वरमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्