लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वेस्ट इन्डिजद्वारा बङ्गलादेश ३ रनले पराजित

IMG

तिलोत्तमा सिटी,१२ कार्तिक २०७८।  आईसीसी टी–२० विश्व कप अन्तर्गत 'सुपर १२' काे खेलमा आज शुक्रवार भएकाे पहिलाे खेलमा वेस्ट इन्डिजले बङ्गलादेशलाई तीन रनले हराएकाे छ । वेस्ट इन्डिजले दिएकाे एक सय ४३ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेशले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्याे । बङ्गलादेशका लागि लिटन दासले ४४ र कप्तान महमदुल्लाहले अविजित ३१ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रवि रामपल, जेसन हाेल्डर, आन्द्रे रसेल, अकेल हुसेनन र ड्वेन ब्राभाेले एक/एक विकेट लिए ।


यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर एक सय ४२ रन बनायाे । वेस्ट इन्डिजका लागि निकाेलस पूरनले ४० र राेस्टन चेसले ३९ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शाेरिफुल इस्लामले दुई/दुई विकेट लिए । आजकाे खेल जितेसँगै वेस्ट इन्डिज सेमिफाइनलमा जाने सम्भावना कायम छ । यसअघिका दुई खेल हारेकाे बङ्गलादेश दुई अङ्कसहित अङ्क तालिकाकाे पाँचाैँ स्थानमा छ । बङ्गलादेशले भने लगातार तीन खेलमा हार बेहाेरेकाे छ । 


कमेन्ट गर्नुहोस्