
तिलोत्तमा सिटी,१० कार्तिक २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जानकीनगर देखि पश्चिम डिङ्गरनगर धुर्ब पथमा स्ट्रीट मार्ट सपिङ्ग सेन्टर खुलेको छ। घर किचेनमा चाहिने सम्पूर्ण सामाग्री,पेय पदार्थ,खाद्ध सामग्री लागयतका सबै समान सुपथ मुल्यमा पाइने मार्टका संचालक चक्र न्यौपानेले बताउनुभयो।गत बिहिबार तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष दिवाकर ढकालको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको सो मार्टको लगानी ३० लाख रहेको छ।
(मार्ट) ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामाग्रीको बिक्री सेवा शुभारम्भ गरेको छ । निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुचारु गरेको संचालक चक्र न्यौपानेले बताएका छन । मार्ट उद्घाटन गर्दै वडा अध्यक्ष ढकालले यो क्षेत्रमा यसरि खोलिएको सबै सामग्रीको एउटै गन्तव्यले समय को बचत र पैसाको समेत बचत गर्ने र यस्तो लागानीले स्वरोजगार सृजना हुने समेत बताए। वडाध्यक्ष ढकालले सुपथ मूल्यमा सेवा दिन मार्ट सफल हुने विश्वास व्यक्त गरे ।मार्टबाट होलसेल (सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामाग्री र ग्रोसरी सामाग्री खुद्रामा उपलब्ध गराउने मार्टका न्यौपानेले जानकारी दिए ।
मार्टले अन्य मार्टहरुमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने उनले बताए । शुभारम्भको अवसरमा बिसेष छुट दिइएको मार्टमा आउने ग्राहकले अन्य मार्टमा भन्दा सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध रहेको प्रतिक्रिया दिएका छन् र यसको निरन्तरताको माग गरेका छन् । यस्तै मार्टले ग्राहकको विश्वसनियतालाई पहिलो प्राथमिकता दिने मार्टका सञ्चालक न्यौपानेको भनाइ छ ।
कमेन्ट गर्नुहोस्