लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एकीकृत समाजवादीमा पदिय बाँडफांड

IMG

तिलोत्तमा सिटी,१० कार्तिक २०७८। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन गरेको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठक र असोज २१ गतेको स्थायी कमिटीले गरेको निर्णय अनुसार माधवकुमार नेपालले अध्यक्षसहित समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको छ ।त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।


मुकुन्द न्यौपाने तेस्रो वरीयतामा हुनुहुन्छ । उहाँले उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।प्रदीप नेपाल पार्टीका प्रतिष्ठानहरूको इन्चार्ज तोकिनुभएको छ । त्यसैगरी, उपाध्यक्ष राजेन्द्र पाण्डे राजकीय मामिला विभाग प्रमुख तथा वाग्मती प्रदेशको संसदीय दलको नेता, प्रमेश हमाल स्कूल विभाग प्रमुख र बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख तोकिनुभएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्