
तिलोत्तमा सिटी,१० कार्तिक २०७८। वडाका महिलाहरुलाईइ स्वरोजगार बनाउने उदेश्यका साथ् रुपन्देहीको तिलोत्तमा-१४ टिकुलिगढ़मा एक महिना अघिदेखि सञ्चालन गरिएको लेडिज जुत्ता तथा चप्पल बनाउने सम्बन्धि सिप बिकाश तालिम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र वडा कार्यालयको समन्वयनमा गरिबी निबाराणका लागि लघु उद्धम बिकास कार्यक्रम अन्तर्गत सम्पन्न भएको तालिमको एक समारोहका बीच समापन गरिएको हो ।
तिलोत्तमा नगर वडा नम्बर १ का वडा अध्यक्ष सोहन प्रसाद चौधरीको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल को प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तिलोत्तमा-१४ नन्दनगर र सुपौलिका गरि १३ जना महिला प्रशिक्षार्थिको सहभागिता थियो। तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले महिला ससक्तिकरण र स्वरोजगारका लागि यस्तो खाको ब्यबसायिक तालिमले ठुलो सहयोग पुग्ने भएकाले स्थानिय बजारमा जुत्ता चप्पलको धेरै नै माग भएकाले सिप सिकेर ब्यबहारमा उतार्नु पर्ने बताउनुभयो। उहाले हरेक महिला आफ्नो सीपले अगाडी बढ्न मद्धत हुने भएकाले सिपको नियमित प्रयोग गरि तालिमको सार्थकता प्रदान गर्नुहुन समेत आग्रह गर्नुभयो। सो कार्यक्रममा बोल्दै वडा नम्बर १४ का अध्यक्ष सोहन प्रसाद चौधरीले स्थानिय स्तरमा पिछदिएका गरिव तथा समस्यामा परेका महिलालाई सिप सिकाई त्यसको भरपुर प्रयोग गर्न सके मात्र स्वरोजगारको परिकल्पना पुरा हुने भन्दै सबै सिप सिक्ने महिला हरुलाई बधाई तथा आगामी जिबनको सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा तिलोत्तमा-१४ का वडा सचिव हेमलाल न्यौपाने, उद्धमशील सहजकर्ता तथा कार्यक्रम प्रमुख शान्ति बिक, तालिमाकी प्रशिक्षक प्रतिमा पन्थ, बबिता यादव, कृति थारु, मेनुका दगामी, पुजा गुरुङ लगायतको उपस्थिति रहेको थियो । तालिममा सहभागीहरुलाई प्रतिमा पन्थले प्रशिक्षण दिनुभएको थियो भने तालिमको अन्तिम समापनमा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले सबै प्र्सहिक्षार्थि हरुलाई बधाई तथा शुभकामना दिदै प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्