लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा ३ लाख बढी मुल्यको अवैध विस्फोटक पटाका बरामद

IMG

तिलोत्तमा सिटी,९ कार्तिक २०७८। रुपन्देही प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धीत विस्फोटक पटाका बरामद गरेको छ । तिहार पर्वलाई लक्षीत गर्दै बिभिन्न नाकाबाट नेपाल भित्राउँदै गरेको अवस्थामा ठुलो परिमाणको विस्फोटक पटाका बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । बिभिन्न स्थानमा गरि ३ लाख ३ हजार ३०० मुल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गस्ती टोलिले सिद्धार्थनगर १ बाट ९० हजार बराबरको पटाका बरामद गरेको छ भने प्रहरी चौकी मैडिहवाको टोलिले ६० हजार ५०० बराबारको २ सय ६२ प्याकेट पटाका बरामद भएको छ ।


त्यसैगरि मर्यादापुर चौकीले ५० हजार ३०० बराबरको, मैनिहवा चौकीले ३६ हजार बराबरको, इलाका प्रहरी लुम्बिनीको टोलिले ३५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय मंगलापुरको टोलिले ३२ हजार बराबरको पटाका बरामद गरेको डीएसपी थापाले बताए ।प्रहरीले बरामद गरेको पटाकाहरुमा सामान्य खुर्सानी बम देखि शक्तिशाली आवाज दिने लसुनबम सम्मका रहेको थापाले बताए । बरामद भएका पटाकामा चक्र बम, लम्बा बुलेट, जुम्नु बुलेट, मिनी फलासबुलेट बम, बोल क्याम्पस, र झिरमिरे लगायतको रहेको समेत थापाले जानकारी दिए । प्रहरीले अन्य भन्सार छलेर ल्याएको सामान बरामद गरेर सामान ल्याउने व्यक्तिलाई उन्मुक्ति दिए जस्तै पटाकाको तस्करी गर्ने लाई भने पक्राउ गरेको छैन ।बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुरा गरि नस्ट गरिने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्