लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरको एमाले अध्यक्षमा ४ जनाको उम्मेद्वारी

IMG

तिलोत्तमा सिटी,९ कार्तिक २०७८। आज सम्पन्न हुने तिलोत्तमा नगर स्तरिय नेकपा एमालेको प्रथम अधिबेशनले पालिका स्तरको कमिटि चुन्दै छ।रुपन्देहीको तिलोत्तमा नगरको पालिका स्तरको निर्बाचनमा हाल ४ जनाको उम्मेद्वारी परेको छ। नगरको अध्यक्षमा सुरेन्द्र श्री, तमानाथ पाण्डे, नेत्रलाल बन र मिनप्रसाद पोख्रेलको उम्मेद्वारी रहेको छ। आज बिहान बाट शुरु हुने सो अधिबेशनबाट १ अध्यक्ष चुनिने छन्  भने नगरको नयाँ कमिटि पनि आजै चुनिने छ।  तिलोत्तमाको शंकर नगर स्थित रेडिसन होटल मा सम्पन्न हुन लागिरहेको सो अधिबेशनको तयारि पुरा भएको नेकपा एमाले तिलोत्तमा नगर कमिटीले जनाएको छ।  


नगर अध्यक्षमा उम्मेद्वारी दिएका तामानाथ पाण्डे तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य समेत हुन्ति भने उनि लोत्तमा वडा नम्बर १ का अध्यक्ष हुन्।  उनले स्थानिय तहको चुनाबमा भारि मत ल्याएर चुनाव जितेका थिए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार सुरेन्द्र श्री तिलोत्तमा नगरपालिकाका मनोनित कार्यपालिका सदस्य तथा नगरको प्रबक्ता समेत हुन्। अर्का उम्मेदवार नेत्रलाल बन र मिनप्रसाद पोख्रेल पनि तिलोत्तमा नगरपालिकामा रहेर राजनीति गर्दै आएका छन्।  नेकपा एमाले तिलोत्तमा नगर कमिटीमा ४ जना उम्मेदवारहरु नै को भन्दा को कम देखिन्छन।  


कमेन्ट गर्नुहोस्