लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङ्ग बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, २१ घाइते

IMG

तिलोत्तमा सिटी,७ कार्तिक २०७८।  दाङको घोराही-तुलसीपुर सडक खण्डमा बस दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।आज बेलुुका घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको निधन भएको छ भने २१ जना घाईते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० कटुकी बस्ने २८ वर्षीय प्रेम परियार रहेका छन्। घाईतेलाई उपचारको लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । घोराही-तुलसीपुर जोड्ने चारलेन सडक अस्तव्यस्त हुनुका साथै सडक भत्किएका कारण साँघुरो हुँदा सामान्य ब्रेक लगाउँदा सडक छेउमा पल्टिएर बस दुर्घटनामा परेको एसपी काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्