
तिलोत्तमा सिटी,७ कार्तिक २०७८। अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिट बिच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको मन्त्रालय द्वारा जारि सुचनामा प्रकाशित छ। भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको स्रोतले बताएको छ।
साथै सो क्षति स्थानामा पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक समेत कुराकानी भएको जानकारीमा उल्लेख छ । जसको लागि अर्थमन्त्री जनार्दन शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराउनुभएको छ । यस्तै भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ (cop26) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।
कमेन्ट गर्नुहोस्