लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टी–२० विश्वकपमा बंगलादेशमाथि श्रीलंकाको जित

IMG

तिलोत्तमा सिटी,७ कार्तिक २०७८। टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको जित हात पारेको छ ।आइतबार युएईको शारजहामा बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।उसका लागि चरित असलंकाले अविजित ८० रन बनाए भने भानुका राजापाक्षेले ५३ रन जोडे । ७९ रन जोड्दा ४ विकेट गुमाएको श्रीलंकाका लागि चरितले भानुकासँग ८६ रनको साझेदारी गरेका थिए । पथुम निशंकाले २४ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि मोहम्मद नइमले ६२ रन बनाए भने मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान दिएका थिए ।

कमेन्ट गर्नुहोस्