लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अष्ट्रेलियाको विजयी सुरुवात:टी-२० विश्वकप

tillotmacitynews - 2021 Oct 23 11:46 PM
IMG

तिलोत्तमा सिटी,६ कार्तिक २०७८।   अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार भएको सुपर १२ को ग्रुप १ को खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो । जितपछि अष्ट्रेलियाले २ अंक जोडेको छ ।दक्षिण अफ्रिकाले दिएको ११९ रनको लक्ष्य अष्ट्रेलियाले १९.४ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ३५, मार्कुस स्टोइनिसले १६ बलमा ३ चौका प्रहार गर्दै अविजित २४, म्याथ्यु वेडले १० बलमा अविजित १५ रन बनाए । स्टोइनिस र वेडले छैटौं विकेटका लागि अविजित ४० रनको साझेदारी गरे ।


दक्षिण अफ्रिकाका एनरिक नोर्किअले २ तथा कागिसो रबाडा, केसभ महारेज र ताबरेज शाम्सीले समान १ विकेट लिए ।अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एइडन मार्क्रेमले सर्वाधिक ४० रन बनाए । कागिसो रबाडाले अविजित १९ रन बनाए ।अष्ट्रेलियाका लागि मिचेल स्टार्क, जोस हाजेलउड र एडम जाम्पाले २-२ विकेट लिए । ग्लेन म्याक्सवेल र प्याट कमिङ्सले समान १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्