लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थानको बीमा दाबी रकम हस्तान्तरण

IMG

तिलोत्तमा सिटी,४ कार्तिक २०७८। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । ओमसतीया गाँउपालीका वडा नं. १, पडसरी शाखा कार्यालयमा स्व. गीता गुरुङ्गको मृत्यु पश्चात नीजको श्रीमान रबिन्द्र कुमार थापालाई बीमा दाबी रकम हस्तान्तरण गरिएको हो । भाद्र १० गतेका दिन ४७ वर्षको उमेरमा मृत्यु भएकी स्व.गुरुङ्ग संस्थामा आबद्ध भै बचत तथा कर्जा कारोबारमा संलग्न रही एक लाख रुपैया कर्जा उपभोग गरेकोमा उहाको मृत्यु पश्चात बीमा दाबीबाट रु १ लाख १० हजार प्राप्त भएको हो ।


संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलद्धारा मृतककि श्रीमान रबिन्द्र कुमार थापालाई बीमा रकम हस्तान्तरण गरिएको हो । संस्थाले आफ्ना सदस्यहरुको हित तथा संरक्षण गर्नका लागी सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुरुप बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । बीमा दाबी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा संस्थाका कर्जा बिभाग बिभाग प्रमुख भरत कुमार रसाली, बुटवल बेश अनुगमन अधिकृत टोप बहादुर सुनार, शाखा प्रमुख गीता रायमाझी, कर्मचारी दिपेन्द्र रसाइली, तारापती पौडेल र बैकिङ्ग समुदायका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्