लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छिमेकीको शव ४४ दिन सम्म उठेन,गृहजिल्लामा गृहमन्त्री

IMG

तिलोत्तमा सिटी,१ कार्तिक २०७८।  तिलोत्तमा नगरपालिकामा युवती सीता भण्डारीको रहस्यमयी मृत्युको घटनाको आज ४४ दिन भएको छ। विभिन्न आन्दोलन, पोस्ट्मार्टम रिपोर्ट, पुर्पक्षका लागि थुनामा राखिएका घट्ना हुदा हुदै पनि अन्तत: ४४ दिनसम्म पनि शव उठाउन नमानेका माइती पक्षले अनुसन्धान प्रभावकारी नभएको र आफुहरुलाई चित्त नबुझेको भन्दै न्यायका लागि गृह मंत्री समक्ष समेत हारगुहार गरेका छन्। तिलोत्तमा-८ मणिग्राम चार नम्बर (हाल नेपाल सरकारका गृह मंत्री बालकृष्ण खांडको घर नजिकै) माईति रहेकी २७ वर्षिया सीता भण्डारीको भदौ १९ गते राती आफ्नो घर मणिग्राम कफिकम्पनिमा आत्महत्या नभई हत्या भएको आरोप लगाउदै माईति पक्षले न्याय दिलाई पाउ भनि अनुरोध गरेको थियो ।


अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार ‘टेक्निकल’ र ‘मेनुअल’ दुवै तरिकाले घटनाको अनुसन्धान भइसकेको भन्दै फिर्ता गएको छ।मृत्युको जानकारी परिवारका अरु सदस्यलाई नदिइएको, प्रहरी नआउँदै पासो काटिएको, मुखबाट रगत बगेको, गला कस्सिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको सीताका भाइ सुरजले बताए ।आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान टीका पौड्यालसहित तिलोत्तमा-५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई अहिले पुर्पक्षका लागि थुनामा राखिएको छ । २७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्षअगाडि मागी विवाह भएको थियो ।यसअघिकी श्रीमतीसँगको सम्बन्धविच्छेदपछि टीकाले दोस्रो विहे गरेका थिए । टीकाले पाल्पाको तानसेनमा ‘दी दरबार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका छन् ।


घटनाले लामै समय लिएपनि यस घट्ना प्रति नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले कुनै पनि किसिमको प्रतिक्रिया देखाएका छैनन्। यस घटना प्रति तिलोत्तमा नगरपालिकाले नगर-प्रमुख बासुदेव घिमिरे आफै गृह मन्त्रालय पुगेर घटनाको बारेमा जानकारी गराउदै सत्य तथ्य र निश्पक्ष छानबिन र घटनाको दोषीलाई कानुन अनुसार कारबाही गर्न ज्ञापन पत्र पनि बुझाएका थिए।  तर गृह मन्त्रालयमा त्यसको खासै प्रभाव नपरेको देखिन्छ। आज गृहमन्त्री आफ्नो गृह जिल्ला रुपन्देही आएका छन् । गृहमन्त्री भएपछि उनी कार्तिक १ गते आज पहिलोपटक गृह जिल्ला रुपन्देही आएका हुन् । उनी नेपाली कांग्रेसका नेता स्व. प्रेम नारायण खरेलको शोक सभामा सहभागि हुन रुपन्देही आएका हुन् । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण मन्त्री भएपछि पहिलो पटक रुपन्देही आउनु भएकाले पार्टीले उहाँको बधाई तथा सम्मान कार्यक्रम समेत राखेको कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले जानकारी दिएका छन्। खाणको सम्मानमा पार्टी कार्यालय भैरहवामा सम्मान तथा भेटघाट कार्यक्रम राखिएको उनले बताए । 

कमेन्ट गर्नुहोस्