लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जनको क्रममा एक युवाको मृत्यु

IMG

तिलोत्तमा सिटी,३१ असोज २०७८।  रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ बर्षिय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुईमोहानमा मुर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राती भारतीय गोताखोरले निकालेका थिए । शसस्त्र प्रहरी र नेपाल प्रहरीले रातीसम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिईएको थियो ।


भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरु नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाई बुझाई शव भैरहवा भिम अस्पतलामा ल्याई पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिए ।दुर्गा मूर्ति बिर्सजनको क्रममा प्राय वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसै गरि मृत्यु भएको थियो । बिर्सजनलाई लिएर प्रहरीले उच्च सर्तकता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्