लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘तिहारपछि विद्यालय पूर्ण रूपमा खुल्छन्’: महिला बालबालिका तथा समाजकल्याणमन्त्री रेग्मी

IMG

तिलोत्तमा सिटी,३१ असोज २०७८। महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशँै तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताउनुभयो । नेपाल प्रेस युनियन चितवनले मङ्गलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्वास्थ्य मापदण्ड अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी दिनुभयो ।अनलाइन शिक्षा सहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता नभएको उहाँको बुझाइ छ । उहाँले स्कुले बालबालिकालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । “खोपका लागि स्वाथ्य मन्त्रालयसँग समन्वय भइरहेको छ ।


अब त खोप नै लगाएर पनि विद्यार्थीलाई प्रत्यक्ष विधिबाटै शिक्षा दिन जरुरी छ,” उहाँले भन्नुभयो । महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्या धेरै भएको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि कतिपय नीतिगत रूपमै परिवर्तन हुनुपर्ने तर त्यो नीति परिवर्तनका लागि बनेका विधेयक संसद्मै रोकिएको उहाँको भनाइ छ । “नेकपा एमालेले संसद् अवरोध गर्दा कतिपय महत्वपुर्ण ऐन संशोधन हुन नसकेर रोकिएका छन्,” उहाँले भन्नुभयो । यसैबीच, पत्रकार सम्मेलनमा सहभागी हुन आउनुभएकी मन्त्री रेग्मी भरतपुर विमानस्थलबाट बाहिरिँदै गर्दा प्रेस सम्मेलन कक्षमा जाने क्रममा भ¥याङ उक्लँदै गर्दा लड्नुभएको छ । तर, उहाँलाई खासै चोट लागेको छैन ।

कमेन्ट गर्नुहोस्