लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सवारी दुर्घटनाका घाइतेको सरकारले निः शुल्क उपचार गर्ने

IMG

तिलोत्तमा सिटी,२७ असोज २०७८। सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटना पछि गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गराउने जानकारी गराएकाे हो।  ‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्‍यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।यस्तै सवारी दुर्घटनामा ज्‍यान गुमाउनेहरुको अन्त्‍येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।



कमेन्ट गर्नुहोस्