लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका पशुपालक व्यवसायी पौडेल सम्मानित

IMG

तिलोत्तमा सिटी,२३ असोज २०७८।  तिलोत्तमा नगरपालिकाको टिकुलीगढ मा २ दशक देखि पशुपाल ब्यबसाय गर्दै आउनुभएका किसान शशि पौडेल सम्मानित हुनुभएको छ। ७ औं संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजले पशुपालन व्यवसायी शशी पौडेललाई समान गरेको छ। पौडेलले आफ्नो सरकारी स्कुलको जागिर अनि अमेरिकाको भिसा त्यागेर रुपन्देहीको तिलोत्तमाको टिकुलीगढमा गाईपालन, दुध उत्पादन बायो ग्यास उत्पादन गर्दै आएका छन्।पौडेल नेपालकै ठूलो गाई फार्मका सञ्चालक हुन्। उनको फार्ममा अहिले ५ सयभन्दा बढी गाई छन्।


पौडेलको गाई फार्मबाट दैनिक ३ हजार लिटर दूध उत्पादन हुन्छ।नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो। पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पौडेल सम्मानित भएका हुन्।कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, नेताहरू अर्जुन नरसिंह केसी, रामकृष्ण कर्माचार्य, राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुँवरलगायतको उपस्थिति रहेको थियो। मिडियामा समेत अनुभव संगालेका उनको बसाईं तिलोत्तमा-३ मा रहेको छ। 

कमेन्ट गर्नुहोस्