लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्राम गोर्कट्टामा चारकरोड लगानीमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा

IMG

तिलोत्तमा सिटी,२१ असोज २०७८।  रुपन्देहीको तिलोत्तमा–६ गोर्कट्टामा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ ।पारिवारिक बाताबरणमा मौलिक खानाका परिकारहरुसहित आरामदायी बसोबासको ब्यबस्था सहित चार करोड लगानीमा रेस्ट्रो सञ्चालनमा आएको हो ।आज एक समारोहकाबिच तिलोत्तमा ६ का वडाध्यक्ष सुखदेब न्यौपानेले रिबन काटेर शुभारम्भ गर्नुभयो । उद्घाटन अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै रेष्ट्रोका संचालक शिव रिजालले नेपाली, इन्डियन, कन्टिनेन्टल,माछाको परिकार, तन्दुरीसंगै सेकुवा र छोइलाको स्वाद चाख्ने पारखीसहित पारिवारिक बाताबरणमा खाना र आरामदायी बसोबासको ब्यबस्था रहेको बताउनुभयो ।



बुटवल मिलनचोक तीनकुनेमा २०५८ सालबाट होटल संचालन गर्दै आउनुभएका शिव रिजाल झुंगी कटेज एण्ड रेस्ट्रो मार्फत स्वादका पारखीलाई नया र फरक स्वाद दिन लागेको बताउनुभयो ।लामो समयको लकडाउनसंगै बन्द रहेको अर्थतन्त्र पछि नया योजनाका साथ रेस्ट्रो संचालनमा ल्याइएको संचालक देवी पाण्डेले बताउनुभयो ।चार करोड लगानीमा संचालन भैरहेको रेस्ट्रोमा  एसी तथा ननएसी ८ वटा मात्र सुविधायुक्त रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा बिबाह ब्रतबन्ध पार्टी र भोजका जस्ता शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था गरिएको पाण्डेको भनाइ छ ।पत्रकार माेहन न्याैपानेको संचालनमा भएको सो पत्रकार सम्मेलनमा सुदीप पाण्डे,अमरदीप बिसी लगायतले बोलेका थिए । होटल संचालनको शुभ अवसरमा २१, २२ र २३ गते ३ दिन सम्म बिशेष छुटका साथ् सेवा पस्कने र २२ र २३ गते बिबिध सास्कृतिक कार्यक्रम हुने सुदीप पाण्डेले बताउनुभयो ।



चार करोड लगानीमा संचालन भैरहेको रेस्ट्रोमा  एसी तथा ननएसी ८ वटा मात्र सुविधायुक्त रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा बिबाह ब्रतबन्ध पार्टी र भोजका जस्ता शुभकार्यका लागि पूर्ण एसीसहितको हल र ग्राहकका लागि  निःशुल्क वाइफ़ाइ जोन व्यवस्था  हुने सञ्चालक रिजालले बताए । 


कमेन्ट गर्नुहोस्