लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिलायन्स लाइफले बोनस नदिने,लाभांश ५ प्रतिशत

IMG

तिलोत्तमा सिटी,१९ असोज २०७८।  रिलायन्स लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको मूनाफाबाट बोनस शेयर नदिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई नगद लाभांशमात्रै दिने निर्णय गरेको हो ।कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारी अनुसार हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ ।अब बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिबाट स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।

कमेन्ट गर्नुहोस्