
तिलोत्तमा सिटी,१९ असोज २०७८। ४ महिना अगाडी धुमधाम सहित कौशल परिवारले कपिलबस्तुको कृष्णनगरमा आफ्नी चेली सरस्वतिलाइ गोविन्दको घरमा सुम्पियो। भनेजति दाइजो र केहि गहना सहित आफ्नी चेली सुम्पेको ४ महिनासम्म दाइजो कै बिषयमा किच किच हुदै आएको र बैनी सरस्वतीले आफुलाई सुनाउने गरेको दाजु सिद्धार्थ कौशलले तिलोत्तमा सिटीलाई बताए। कहिले बाइक त कहिले गरगहना नपुगेको भन्दै घरमा यातना र हिँसा गर्दै आएको तर बहिनीले त्यसलाई सहदै आएको भएपनि हामीले समेत् त्यसको जोरजाम गर्न जमर्को गरेका थियौ। हामीलाई त बहिनीको सुख र दाम्पत्य जिबन खुस रहोस भन्ने चाहनाले पछि पर्न चाहेनौ तर यस्तो घटना भएपछी थाहा भयो बहिनीले सार्है दुख पाएकी रहिछन - दाजु सिद्धार्थले भक्कानिदै भने।
सरस्वति कौशल २६ बर्षको उमेरमा बिहे गरेको ४ महिना पछि गोबिन्द कौशल( ज्वाई ) को घरमा मृत आवस्थामा फेला परेकी थिईन। आफ्नी श्रीमती मृत अवस्थामा अफेला परेपछि माईतिमा खबर भै घर सम्म जादा डोरी फ़ुकाइएको , होचो र पासो लगाउन नमिल्ने ठाउमा आफ्नी बहिनीलाई मृत अवस्थामा देखे पछि मन थाम्नै नसकेको दाजु सिद्धार्थको भनाई छ। बिहे पछि नै यो पुगेन त्यो पुगेन भन्दै बहिनीको अगाडी भन्ने रैछन बहिनीले हामीलाई सुनाउथिन भन्दै दाइजोकै कारण आफ्नी बहिनीलाई ज्वाई गोबिन्द लगायत घर परिवारको मिलेमतोमा हत्या गरिएको हुन सक्ने दाजु सिद्धार्थको भनाई छ।
कपिलबस्तु कृष्णनगर घर भएका गोबिन्दलाई अहिले प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको छ। गोविन्दको घरमा २ दाजु २ भाउजु आमा बच्चाहरुपनिसंगै बस्दै आएका छन्। गत जेठ २२ गते ४ महिना अगाडी तिलोत्तमाको भलवारीबाट मागी बिबाह गरिदिएका कौशल माइती परिवार अहिले न्यायका लागि हार गुहारमा छ। गत बुधबार सांझा खानपिन गरेर राम्रै रहेकी बहिनीको बिहिबार बिहान एक्कासी नराम्रो खबर फोन मार्फत सुन्दा आफु भक्कनिएको र कति बेला कपिलबस्तु पुगे आफैलाई थाहा छैन भन्छन सिद्धार्थ कौसल।
घटनाको प्रकृति हेर्दा सरासर हत्या गरिएको देखिएको र मृतक बहिनीको शव चुन्नीको डोरी काटेको अवस्थामा बेडमा सुतेको , आफ्नी बहिनिको हाइट भन्दा सानो छाना भएकाले डोरीमा झुण्डिन नमिल्ने ठाउँमा रहेकोले घटना संकास्पद रहेको उनको भनाई छ। घटनाको जाहेरी दिएर प्रहरी चौकीमा पुगेका उनि न्याय नपाउने हो कि भन्ने आशंकामा दिनानु दिन पिरोल्लिन्छन। हाल प्रहरीले अनुसन्धानका लागि पति गोबिन्द कौसललाई मात्र थुनामा राखेको छ। तर सबै घरका परिवारको मिलेमतोमा सो घटना भएको सिद्धार्थको आरोप छ।
मृतक सरस्वतीका दाजु संजय कौशलले मृतकका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशल उपर आफ्नो वहिनीको हत्या गरेको किटानी जाहेरी ईलाका प्रहरी कार्यालय कृष्णनगरमा दिएका छन् । घटना बारे सुक्ष्म अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । बहिनीको हत्यालाई आत्महत्या बनाएर घटनालाई मोड्न खोजिएको उनको आरोप छ ।आत्महत्याको घटना थियो भने, प्रहरीलाई खबर नगरिनु, कोठा भित्रको चुक्कुल नलगाएको अवस्था हुनु, शवलाई प्रहरी आउनु भन्दा पहिल्यै झुण्डेको अवस्थाबाट तल झारिनु जस्ता गतिविधीबाट पनि हाम्रो बहिनीको हत्या गरिएको हो भन्ने हामीलाई लागेको छ, दाजु संजयले भने, “घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्छ ।” मृतकका पति र उनको घर परिवारले भने घटना आत्म हत्या नै भएको दाबी गरिरहेका छन् ।शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिर्पोट आए पछि घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्