लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रहरीको रासनवृद्धिको निर्णय कार्यान्वयनमा

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८। नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका हुन् ।यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि सालबसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।


कमेन्ट गर्नुहोस्