लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चीनद्वारा थप १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८। चीनले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध थप १० लाख डोज सिनोभ्याक खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता लुआन सिउतानले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । खोप चाँडै ल्याउनेबारे दुबै देशका सम्बन्धित निकायहरु सम्पर्कमा रहेको जानकारी उनले दिए ।‘यो सहयोगले नेपाली जनताको प्रतिरोधी क्षमताका लागि सहयोगी हुने विश्वास लिएका छौं’ प्रवक्ता सिउतानले भने । चीनले यसअघि नेपाललाई २८ लाख डोज भेरोसेल खोप दिएको छ ।


अहिले ल्याउन लागिएको चीनमा उत्पादित अर्को खोप हो । नेपालले यसअघि नै सिनोभ्याक खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।खोप उपलब्ध गराउनेबारे आज भएको परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी थिइन् । सिनोभ्याक खोपलाई १८ वर्षमाथिल्लो उमेर समूहकाले दुई वा चार साताको ग्यापमा २ डोज लगाउनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्