लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्वयुवराज पारसको डेरामा चोरी,कामदार पक्राउ

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८। पूर्वयुवराज पारस शाहको पोखरास्थित डेरामा चोरी भएको छ । चोरीमा संलग्न एकजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।पोखराको लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरिएको हो । प्रहरीले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको हो ।


शाहको निवासबाट क्यामरा २ थान, आइप्याड २ थान, दुरविन र नोकिया सेट चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको पाइएको परिसर प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका गौतम शाहको निवासका काम गर्ने कामदार हुन् ।महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– २६ मित्रनगरस्थित न्यू राप्ती गेस्टहाउसबाट उनलाई पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखेर अनुसन्धान जारी राखिएको एसएसपी सिंहले बताए ।


चोरी भएको ठाउँ पोखरामा भने प्रहरीलाई कुनै पनि जानकारी नभएको पाइएको छ । नेपाल प्रेसले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझ्दा यस बारेमा कार्यालयमा कुनै पनि जानकारी नआएको कार्यालय प्रमुख प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्