लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिभिल बैंकका अध्यक्ष तामाङ ठगी र हिनामिनाको आरोपमा पक्राउ

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८।  ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरीका आधारमा पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार काठमाडौंको सुनधाराबाट पक्राउ गरेको हो ।तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको सिआइबीले पुष्टी गरेको छ ।


निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको सिआइबीका डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए । सिआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएको र उजुरी आउने क्रम जारी रहेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप पनि छ ।


कमेन्ट गर्नुहोस्