लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार उपलब्ध गराउन आदेश

IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८।भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका आफन्तलाई ५० हजार रुपैयाँ उपलब्ध गराउन त्यहाँको सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।कोरोनाका कारण मृत्यु भएका व्यक्तिका आफन्तलाई अदालतले ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो । भारतको विपद् व्यवस्थापन कानुनअनुसार कोभिड- १९ बाट ज्यान गुमाउनेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो ।स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा चार लाख ४९ हजार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।पीडितले आवेदन दिएको एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिइएको बीबीसीले जनाएको छ । उक्त रकम केन्द्र र प्रदेश सरकारले उपलब्ध गराउनुपर्नेछ । नेपालमा पनि प्रदेश सरकारले लुम्बिनी प्रदेशमा कोरोना बाट मृत्यु भएका हरुलाई १ लाख रुपैया दिने बताएपनि अहिले सम्म कसैले नपाएको स्थानीयको गुनासो छ।  -एजेन्सी

कमेन्ट गर्नुहोस्