लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनौली नाका सूचारु,व्यवसायी हर्षित

IMG

तिलोत्तमा सिटी,१७ असोज २०७८। बिगत १८ महिनादेखी बन्द रहेको बेलहिया नाका आजदेखी सुचारु भएको छ । कोभिड–१९ को कारण २०७६ चैत्र १० गते देखी नेपाल–भारत सीमा बन्द रहेको थियो । बिचमा सरकारले नाका सुचारु हुने संकते गरे पनि कोभिड दोश्रो चरण देखिए पछि सुचारु हुन सकेको थिएन् । १८ महिनादेखी लगातार बन्द भएको नेपाल–भारत नाका असोज ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले खुलाउने निर्णय गरेको थियो ।


मन्त्रीपरिषद्ले निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालयमा स्पष्ट परिपत्र नआउँदा नाका सुचारु हुन सकेको थिएन । शुक्रबार नेपालले भारतीय निजि गाडीहरु प्रवेश सुरु गरे पनि भारतीय सुरक्षा बलले त्यसलाई रोकको थियो । आईतबारदेखी भने एसएसबीले समेत नाका सहज गरेको छ । रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आजदेखी एसएसबीले पनि भारतीय गाडी नरोकेको जानकारी दिए । भारत हुँदै नेपाल भित्रिने यात्रु र पर्यटकले भने केही मापदण्ड पालन गर्नु पर्ने हुन्छ । प्रजिअ तिवारीका अनुसार नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परिक्षण गरिने र शंकास्पदलाई त्यही एन्टीजेन परिक्षणको ब्यवस्था समेत रहेको छ । एन्टिजेनमा पनि पोजिटिभ देखिएकालाई पिसिआर परिक्षण गरि नतिजा अनुसार ब्यवस्थापन गरिनेछ ।


यस्तै भारतीय पर्यटकले भने ७२ घण्टे पिसिआर रिपोर्ट देखाई सिसिएमसीद्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने तिवारीले जनाए । उनले भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य नरहेको जानकारी दिए । यसै गरि तेश्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्ट सहित कोभिड बिरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने प्रजिअले जनाए भारतीय पर्यटक र यात्रु सहित निजि भारतीय सवारी नेपाल भित्रिने निर्णयले यहाका पर्यटन ब्यवसायी तथा होटल ब्यवसायीहरु हर्षित भएका छन् ।


कोभिडको कारण लामो समय देखी थला परेको पर्यटन ब्यवसाय यो निर्णय संगै अब उकासिने उनिहरुको भनाई छ । हुन त यस अघि पनि दुर्व देशका नागरिकहरु सीामाबाट आरपार गर्ने गरे पनि आफ्नै सवारी नहुदा लामो दुरी भने तय गरेका थिएनन् । अहिले आफ्नै साधनबाट नेपाल भित्रिएपछि भैरहवा तथा यस आसपास मात्र हैन अधिकांश भारतीयको रोजाईमा पर्ने पोखरा, सौराहा, काठमाडौँ लगायतका स्थानमा पनि उनिहरु पुग्ने पर्यटन ब्यवसायीको भनाई छ ।

कमेन्ट गर्नुहोस्