लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पन्चा सिंह बनिन अखिल क्रान्तिकारीको अध्यक्ष

IMG

तिलोत्तमा सिटी,१७ असोज २०७८।  दुई दिन अघि अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पन्चासिंह लाई अध्यक्ष बनाएका छन् ।कर्णाली प्रदेशको सुर्खेतकी उनी अखिल क्रान्तिकारीकी निवर्तमान उपाध्यक्ष पन्चा सिंह हुन्। यो सँगै उनी अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक महिला अध्यक्ष बन्ने भाग्यमानी बनेकी छन्।


असोज १४ गतेबाट जारी राष्ट्रिय सम्मेलनमा नेतृत्व छान्ने बिषयमा सहमती हुन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिईएको थियो। बिद्यार्थीहरुका बिच बिवाद हुन सक्ने र पार्टीकै नेताहरु समेत बिभाजनको तह सम्म पुग्ने अवस्था देखिएपछि पार्टी स्थायी कमिटीले हस्तक्षेप गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।


आईतवार विहान अध्यक्ष निवास खुमलटार पुगेका विद्यार्थी नेताहरुलाई अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष चयन गर्ने जानकारी दिएका थिए।अध्यक्षका मुख्य दावेदार सिंह, सुरेन्द्र बस्नेत र तिलकराज भण्डारी थिए । अन्य पदाधिकारी र केन्द्रीय समिति भने चयन गर्न बाँकी छ। पञ्चा अध्यक्ष र दिपेश पुनलाई महासचिव बनाएर अन्य अध्यक्षका प्रत्याशीलाई पार्टीमा २० प्रतिशत ४० वर्षमुनिका युवालाई समेट्ने नीतिअनुसार केन्द्रीय सदस्य बनाइने आश्वासन दिइएको छ ।

कमेन्ट गर्नुहोस्