लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुस्तक ‘द भेजिटेरियन’ अब नेपालीमा आउने

IMG

तिलोत्तमा सिटी,१७ असोज २०७८। दक्षिण कोरियाली लेखक ‘हान काङ’को सन् २०१६ को ‘म्यान बुकर पुरस्कार’ विजेता पुस्तक ‘द भेजिटेरियन’ अब नेपालीमा आउने भएको छ । विश्व अनुवाद दिवसको अवसरमा बुक हिलले नेपाली भाषामा यो पुस्तक प्रकाशन गर्ने घोषणा गरेको छ । प्रवीण अधिकारीले अनुवाद गरेको यो पुस्तक आगामी पुषमा बजारमा आउने प्रकाशन संस्थाले जनाएको छ ।


बुकहिलले गत वर्ष अंग्रेजी भाषाबाट ४ वटा किताब नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको थियो भने दसंैको छेकोमा योंगे मिंयुर रिम्पोछेको ‘द जोय अफ् लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ (अनुवादक–सरोज धिताल), चिनियाँ लेखक सुयमोका कथाको अनुवाद ‘सिनचियाङ बुढो’ (अनुवाद मल्ल के सुन्दर), फ्रान्ज काफ्काको ‘द मेटामोर्फसिस’ (अनुवाद (रामचन्द्र केसी) प्रकाशन गर्ने बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्