लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल छिर्ने सडकनाका पुरै ड्यामेज, फोहोर र खाल्डाखुल्डीले पुरै सास्ती

IMG

तिलोत्तमा सिटी, असोज १४ गते २०७८। पूर्वमा देवदह धागोकारखाना, पश्चिममा सैनामैना , उत्तरमा दोभान पाल्पा र दक्षिणमा तिलोत्तमा को बिचमा रहेको बुटवल अहिले बाटोकै कारणले कुरुप भएको छ।  सथानीय तहले गर्न सक्ने सामान्य कुरा पनि नगर्दा कोलाहल रहेको व्यापारिक नगरी बुटवल थकान, क्षिण र रुग्ण भएको देखिन्छ।  बुटवल आउने सबै नाका तिर सफा र बाटो पनि राम्रा छन् तर बुटवल छिरेपछि मानिसलाई सार्है अफ्ठ्यारो भएको सैनामैना-६ का अमित भट्टराईले बताउछन।  उनि भन्छन- व्यापारको शिलशिलामा दैनिक ४ पटक बुटवल जान आउन पर्छ तर बाटो कै कारण हिड्न नपरे हुन्थ्यो भन्ने लाग्छ।

  

कमेन्ट गर्नुहोस्