
तिलोत्तमा सिटी,१३ असोज २०७८। कपनबाट हराएका ४ वर्षीय बालक सकुशल भेटिएको प्रहरीले जानकारी दिएको छ। भारतको बिहार मधुवनी घर भएका बालक दिउँसो ४ बजेतिर अपहरणमा परेको भन्दै बालकका बुबाले उजुरी दिएका थिए।त्यसपछि प्रहरी बालकको खोजीमा लागेको थियो। बालक भारतमा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले जानकारी दिए।तीन युवकले बालकलाई कपनबाट बसमा राखेर चावहिलको गोपीकृष्णसम्म ल्याएको खुलेको छ। त्यसपछि उनी कहाँ गए भन्ने खोजी भइरहेको थियो। चिनेजानेका व्यक्तिले नै उनलाई भारत लगेको देखिएको छ।बालकको अपहरण गरिएको हो या होइन भन्ने अहिलेसम्म खुलेको छैन। बालकलाई के उद्देश्यले भारत लगियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।बालक र उनलाई भारत लैजाने दुवै जना भारतीय नागरिक हुन्। बालक सोमवारदेखि हराएका थिए।
कमेन्ट गर्नुहोस्