लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिर्जनशील संस्थाले बाड्यो सेनेटरीप्याड सहितको फ्रिडम किट ब्याग

IMG

तिलोत्तमा सिटी,९ असोज २०७८। सिर्जनशील संस्था नेपालले फ्रिडम किट ब्यागको सहयोगमा  तिलोत्तमा-९ शंकरपुरमा फ्रिडम किट ब्याग उत्पादन सुरु गरेको छ । फ्रिडम किट ब्याग वातावरण मैत्री, पुनः प्रयोग योग्य, केमिकल रहित स्वस्थ  महिनावारी  सामाग्री हो । तिन महिनादेखी संस्थाले यो सामग्री उत्पादन र नि:शुल्क वितरणको कार्यक्रम सुुुरुवात गरेको सस्थाकी कार्यक्रम प्रमुख प्रतिमा पन्थीले बताउनुभयो। सस्थाले सामग्री उत्पादन र वितरण मात्र नगरी २ घण्टाको तालिम सामाग्री पनि तयार गरेको छ,जसमा महिनावारी स्वच्छन्दता, व्यवस्थापन तथा स्वस्थकर अभ्यास; प्रजनन तथा यौन स्वास्थ्य; रजनोवृत्ति (मेनोपज) र मनोसामाजिक शिक्षा लाई समावेश गरिएको पन्थीको भनाई छ । 


महिनावारी सुरु भएदेखि यो चक्र समाप्त हुने बेलासम्म महिलाहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा विभिन्न प्रतिकुलताहरु आउने गर्छन् । त्यस्ता प्रतिकुलताकाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, महिनावारीलाई कसरी स्वस्थकर तथा सहज बनाउन सकिन्छ भन्ने विषयमा सहभागितात्मक तथा रिफ्लेक्सन मेथोडोलोजी प्रयोग गरी सो तालिम सञ्चालन गरिने उहाको भनाई छ। यसका साथसाथै महिनावारी हुँदा गरिने  हानिकारक अभ्यासले कसरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी असर पुगी ज्यान नै जोखिममा पर्ने किसिमका रोगहरु लाग्न सक्छ भन्ने विषयमा समेत छलफल गरिने उहाको भनाई छ। मानव  स्वास्थ्यको  महत्वपूर्ण पाटोको रुपमा रहेको मानसिक स्वास्थ्य र महिनावारीको सम्बन्ध र मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्न अपनाउनु पर्ने उपायहरूका वारेमा संक्षिप्त प्रस्तुतिहरु पनि समेटिएको छ। साथसाथै महिनावारीको बेला प्रयोग गरिने बजारको प्याडले वातावरण प्रदुषणलाई पनि टेवा पुर्याएकोले मानव स्वास्थ्य र वातावरणिय स्वास्थ्यको प्रबंधन गर्न पनि वातावरण मैत्री प्याडको प्रयोग गर्न जरुरि रहेको र महिलाहरूपनि सचेत बनि सजिलो भन्दा स्वस्थ रोज्नुपर्ने कुरामा उहाले जोड दिनुभयो। 



सोहि क्रममा यहि असोज ७ र ८ गते शंकरपुर वडा नं १० का  २६‌ जना किशोरीहरु सहित तिलोत्तमा- ९  मंगलापुरका ७३ जना महिलाहरुलाई तालिम सहित उक्त 'फ्रिडम किट व्याग' प्रदान गरिएको छ ।संस्थाले उक्त तालिम तथा सेनेटरि प्याड वितरणमा पुरुष समेत सहभागि गराउदै आएको छ । पुरुषलाई किन  सहभागी भन्ने प्रश्नमा प्रतिमा पन्थी भन्नुहुन्छ-" महिनावारी महिलाहरुसंग मात्र सम्बन्धित विषय होइन यो सम्पुर्ण मानव जगतसंग सम्बन्धित छ । पुरुषहरु महिनावारी हुदैँनन् , तर महिनावारी भएका दिदिबहिनी, आमा, छोरी, तथा सहकर्मीहरुको मानसिक तथा शारीरिक प्रतिकुलताका प्रति संवेदनशील भई महिनावारीका  दिनलाई सहज बनाउन हरेक हिसाबले सहयोगी बन्न सक्छन् र बन्नुपर्छ ।"  त्यसो त यस संस्थाले महिलाका यस्ता विषयहरु सम्बन्धी जागरणमा पुरुष सहभागिता जरुरि रहेको ठहर गरेको छ । प्रत्येक कार्यक्रममा पुरुषको पनि सहभागितालाई उत्साहित बनाउने प्रयत्न गरेको छ । 


तालिमका क्रममा, बजारमा पाइने सेनेटरी प्याड ४ घण्टा भन्दा बढी समय प्रयोग गर्नु नहुने यदि यसो गरेमा सो प्याडमा ब्याक्टेरियल ईन्फेक्सनको प्रचुरता बढ्ने गर्छ, भन्ने जानकारी पाएपछि, सहभागी  महिलाहरुमा  महिनावारी संवेदनशीलता कम भएको जानकारी दिएका थिए । फ्रिडम किट ब्याग प्रयोग गर्न सजिलो र साथै यो संगै प्राप्त हुने सहयोगी सामाग्री जस्तै वाटरप्रुफ थैलि, साबुन र पर्सले काममा हुदाँ पनि सजिलो तरिकाले व्यवस्थापन गर्न सकिने छ । यसमा रहेको प्याड कपडाबाट बनाइएको हुदाँ, यो १२ घण्टासम्म पनि प्रयोग गर्न सकिन्छ । जतन साथ प्रयोग गरेमा यो किटको आयु ३ बर्षसम्म हुनेछ । स्थानीय सरकार र प्रदेश सरकार महिनावारी प्रति संवेदनशील भई अभियानमा साथ दिन आग्रह गर्दै  अहिलेलाई कम्तिमा पनि रुपन्देही जिल्लाका महिलाहरुलाई यो फ्रिडम किट ब्याग उपलब्ध गराउने योजना हाम्रो रहेको सृजनशील सस्थाकि कार्यक्रम प्रमुख प्रतिमा पन्थीले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्