
तिलोत्तमा सिटी,९ असोज २०७८। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तिलोत्तमाको मंगलापुरमा भएको नगरको मतदानमा ३८३ मत खसेको छ । ३८८ मतदाता रहेकोमा मतदानको समय अवधिभरमा ३८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । मुचुल्का र प्रकृया पुर्याएर १ घण्टा अगाडीबाट मतगणना शुरू गरिएको प्रमुख निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले तिलोत्तमा सिटी न्युजलाइ जानकारी दिए । महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएका पालिकाहरुमा अधिवेशन अन्तरगत नया नेतृत्व चयनका लागि आज मतदान भएको हो ।
तिलोत्तमा नगरपालिकाको मतदान उद्योग बाणिज्य संघ तिलोत्तमाको प्राङ्गणमा भएको थियो । मतदान दिउँसो साढे १ बजेबाट सुरु भएको हो। मतदाताका रुपमा नगर सभापतिमा उम्मेद्वारी दिएका उम्मेदवारहरुले मतदान गरि शुरु भएको मतदान कार्य चुस्त दुरुस्त र शान्त बातबारण्मा भएको निर्बाचन अधिकृतको भनाई छ।३ प्यानलबाट आ आफ्नै उम्मेदवार रहेको सो निर्बाचनमा सभापतिका प्रत्याशी नारायण न्यौपाने , दाबेदार हरिलाल पाण्डे र हरि प्रसाद तिवारीले उम्मेद्वारी दिएका थिए।
तिलोत्तमामा ३८३ वार्ड प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिले मतदान गरेको संचारकर्मी रमेश न्यौपानेले हामीलाई जानकारी दिएका हुन् । रुपन्देही जिल्लाका १६ वटा पालिकाहरुमा निर्वाचनको काम अगाडी बढेको रुपन्देही जिल्लामा खटिनु भएका जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले समग्र जानकारी दिए । तिलोत्तमा मा नगर सभापति को हुने हुन् भन्ने बिषयमा निकै प्रतिश्प्रधाभएको र गृह मन्त्री बालकृष्ण खांडको पालिका भएका नाताले पनि यस अधिबेशनलाई अझै चासोको रुपमा हेरिएको छ।
कमेन्ट गर्नुहोस्