लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा लघुउद्दम बिकाश सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न

IMG

तिलोत्तमा सिटी,८ असोज २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका आयोजनामा गरिवी निबारणका लागि लघु उद्दम बिकाश कार्यक्रम सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम नगरको वडा नम्बर ७ मा सम्पन्न भएको छ। देशमै स्वरोजगार र उद्धम सृजना गरि स्थानिय स्तरमा बजारीकरणका लागि समेत सहज बनाउने उदेश्यले यस क्षेत्रका युवाहरुलाई लक्षित गरि सो अभिमुखीकरण कार्यक्रम गरिको उद्धम बिकाश सहजकर्ता शान्ता बि.क.ले बताउनुभयो। तिलोत्तमा नगरपालिकाले संचालन गर्ने सो कार्यक्रमको सहजीकरण वडा नम्बर-७ को मंगलापुर केवालानिमा शुक्रबार सम्पन्न भएको छ । सो अभिमुखीकरण मार्फत ४० युवा उद्धमीले रोजगार उद्धम सृजना गरि बस्तु तथा सेवा उत्पादन गरि बजारिकरणमा सहज हुने छ। वडा नम्बर-७ का उद्धम गर्न इच्छुक युवाहरुको छनौट गरि उनुहरुको मेहनत परिश्रम र कार्यकुशलतालाइ प्रदर्शन गर्ने गरि सो कार्यक्रम संचालन हुने सहजकर्ता शान्ता बि.क.ले बताउनुभयो। 




सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले युवा केन्द्रित यस कार्यक्रममा सहभागी भै युवा उद्धमी बन्ने सुबर्ण अवसर प्राप्त गर्न आग्रह गर्नुभयो।  उहाले उद्धम मार्फत उत्पादकत्व बढाई  बजारिकरणमा समेत सघाउने तिलोत्तमा नगरपालिकाको योजना अनुरुप सो कार्यक्रम अघि बढाइएको बताउनुभयो।सो अवसरमा तिलोत्तमा वडा नम्बर ७ का सदस्य देवी प्रसाद पंगेनी, सृजना लोहनी,केशव बहादुर थापा, वडा सचिव अनिता गुरुङ लगायत ३० बढी सहभागीहरुको उपस्थिति रहेको थियो।  तिलोत्तमा वडा नम्बर ७ का अध्यक्ष दुर्गा प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन वडा कार्यालयका दिपक कंडेलले गर्नुभएको थियो।


सो अभिमुखीकरण कार्यक्रम यस अघि वडा नम्बर ३ र ४ मा समेत सम्पन्न गरिसकिएको छ।  तिलोत्तमा वडा नम्बर ३ का अध्यक्ष टंक प्रसाद तिवारीको अध्यक्षता तथा वडा नम्बर ४ का अध्यक्ष दिवाकर ढकालको अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा ३० भन्दा बढी सहभागी उपस्थित रहेका थिए।  

कमेन्ट गर्नुहोस्