लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिरोले बुटवलको ज्योतिनगरका थप ९ घरमा क्षति

IMG

तिलोत्तमा सिटी,४ असोज २०७८।गएरातिको वर्षासँगै आएको पहिरोका कारण ज्योतिनगर क्षेत्रका थप ९ घरमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख मदन कुँवरका अनुसार पहिरोका कारण ८ घरमा आंशिक क्षति र १ घर पूर्ण रुपमा क्षति भएको छ ।‘ गएरातिको वर्षासँगै आएको पहिरोका कारण थप ९ घरमा क्षति पुगेको छ ।’ भदौ १३ गतेराति राति आएको पहिरोले ज्योतिनगर र लक्ष्मिनगर क्षेत्रका दजनौँ घरमा क्षति पुराएको थियो ।२०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए ।




कमेन्ट गर्नुहोस्