लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित

IMG

तिलोत्तमा सिटी,४ असोज २०७८।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबीच विनियोजन विधेयक २०७८ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ ।नाराबाजीबीच बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णायर्थ प्रस्तुत गरेका थिए । सो विधेयक बहुमतले पारित भएको हो ।विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवालले मात्रै भाग लिए ।एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए भने सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।


सांसद सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका थिए ।त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका थिए । त्यसलगत्तै सभामुखले विधेयक निर्णायर्थ प्रस्तुत गरेर  पारित भएको घाेषणा गरेका हुन् ।  विनियोजन विधेयक पास भएसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।


कमेन्ट गर्नुहोस्