लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परिवार नियोजन दिवसमा अन्तरक्रिया

IMG

तिलोत्तमा सिटी,२ अशोज २०७८। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आठौं राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । कोभिड १९ को महामारी : परिवार योजना सेवामा सवैको पहुँच बराबरी भम्ने मुल नारा सहित पत्रकारहरुसँग शनिबार बुटवलमा अन्तरक्रिया गरि मनाएको हो । प्रदेश सरकारले परिवार नियोजन सम्बन्धमा विद्यालय तह, विभिन्न स्वास्थ्य संस्थाहरु मार्फत काम गर्दै आएको निर्देशक विनोद गिरीले बताए । उनले परिवार नियोजनले परिवारलाई व्यवस्थित बनाउने भन्दै यसबारे पत्रकारिता क्षेत्रले नागरिकहरुलाई सचेत बनाउनुपर्ने बताए ।


उक्त अवसरमा परिवार नियोजना विद डा. राजेन्द्र गुरुङले परिवारले धान्न सक्ने गरि बच्चाको संख्या र व्यवस्थापन गर्ने विधिलाई परिवार नियोजन भन्ने बताउँदै अस्थायी वा स्थायी दुवै तरिका अपनाउन सकिने बताए । उनले समाजमा अझै पनि परिवार योजना व्यवस्थित हुन नसकेको बताउँदै नेपालमा बच्चा भएपछि मात्रै यसको प्रयोग गर्ने र केहि समयपछि फेरी छोड्ने प्रचलन देखा परेको बताए ।नेपालमा अस्थायी परिवार नियोजनका साधनका रुपवमा पिल्स, डिपो प्रोभेरा, इप्लान्ट, आइसियूडी र आकस्मि गर्भनिरोधक प्रयोगमा छन । 


यसका अलवा स्थायी बन्ध्याकरण समेत गरिदै आएको छ । तर, तराईका जिल्लाहरुमा भने परिवार नियोजनका सन्दर्भममा केहि भ्रमहरु रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका कौशल कुमार भण्डारीले बताए । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले परिवार नियोजनका सन्दर्भमा प्रदेश सरकार र निर्देशनालयले पत्रकार क्षमता अभिबृद्धिका कार्यक्रम गर्न सुझाव दिए ।अवस्थामा परिवार नियोजनको सहि प्रयोगले मातृ मृत्यूदर, असुरक्षित गर्भपतनलाई नियन्त्रण गर्न सकिन कार्यक्रमा जोड दिइएको थियो ।

कमेन्ट गर्नुहोस्