
तिलोत्तमा सिटी,३ असोज २०७८। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले संविधान पालनमा केही चुनौती आएपनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको बताएका छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै नेपालीहरुलाइ आग्रह समेत गरे । संविधान गतिशील दस्तावेज भएको भन्दै उनले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउदै लैजान सकिने समेत बताए ।
कमेन्ट गर्नुहोस्