
तिलोत्तमा सिटी,२ अशोज २०७८। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन् ।भोलि आइतबार देखि लागू हुने गरी हर्कबहादुर राईसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम बाँकी कैद मिनाह भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्