लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मलेसियाबाट एकैदिन आयो ६ शवसहित १५ जनाको अस्तु

IMG
तिलोत्तमा सिटी,२ अशोज २०७८।वैदेशिक रोजगारीका लागि मलेसिया पुगेपछि विभिन्न कारणले मृत्यु भएका ६ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । तीे शवसँगै १५ जनाको अस्तु पनि ल्याएर परिवारको जिम्मा लगाइएको छ ।नेपाल र मलेसियास्थित जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एकजनाको शव २० वर्षअघि मलेसिया गई अहिलेसम्म नेपाल नफर्किएकाको समेत रहेको छ । उनको परिवारका एक सदस्यले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए ।

कमेन्ट गर्नुहोस्