लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भित्रिएको एक वर्षसम्म पार्किङमै थन्कियो रेल

IMG

तिलोत्तमा सिटी,२ अशोज २०७८।जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेलभित्र भित्र्याएको शनिबार एक वर्ष पुगेको छ । भारतले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भइसक्दा पनि करिब एक अर्बमा किनेर ल्याएको रेल चलाउन सरकारले चासो दिएको छैन ।२०७७ असोज २ गते नेपाल आएका रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि पार्किङमा छ । रेललाई सुरक्षित गर्न लगाइएको त्रिपाल फटेर धुजा-धुजा भइसक्दा पनि रेलले सेवा दिन थालेको छैन ।


नेपाल रेल्वे कम्पनीले जिम्मा पाएपनि कहिले कर्मचरी त कहिले कानुनको अभावको कारण देखाएर रेल चलाइएको छैन । पार्किङमा राख्दा रँखै नयाँ रेलमा खयिा लाग्न थालिसकेको छ ।करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु बताउँछन् ।सरकारले ल्याएको रेल्वे अध्यादेश संसदमा टेबल भएपनि पास नहुँदै निष्क्रिय बनेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले रेल चलाउने वातावरण बनाउन राष्ट्रियसभाले संशोधन गरेको रेल्वे विधेयकको मस्यौदालाई रेल्वे अध्यादेशका रुपमा ल्याएको थियो ।


कानुनको अभावमा रेल चलाउन नसकिने भएपछि संसद विघटनपछि ओली नेतृत्वको सरकारले संसदमा पेश भएकै विधेयकलाई कानूनमा रुपमा अध्यादेश बनाएर जारी गरेको थियो ।रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतबाट प्राविधिक जनशक्ति ल्याउन समझदारी गरिसकेका । ज्यालादारीमा करिब २०० कर्मचारी भर्ना गरिए पनि तत्काल रेल चल्ने अवस्था नहरेको भन्दै कम्पनीले ती ज्यालादारी कर्मचारीलाई हाजिरीमा रोक लगाएर सेवाबाट हटाएको छ ।अन्तरदेशीय रेलमार्ग भएकाले भारत पनि रेल चलाउन सहमत हुनुपर्छ । स्पिड टेस्ट सकिएकाले अब भारतले विस्तारित रेलमार्गको हस्तान्तरण गर्नुपर्ने हो । रेल सञ्चालनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर पनि दुई देशबीच आदानप्रदान हुनुपर्छ । महामारीकालमा रेल चलाउने प्रोटोकल पनि आवश्यक पर्ने अवस्था छ ।

कमेन्ट गर्नुहोस्