लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एएफसी महिला एसिया कप:नेपालले फिलिपिन्ससँग खेल्दै

IMG

तिलोत्तमा सिटी,२ अशोज २०७८। एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ ।समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ ।नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् ।२०१४ पछि पहिलो पटक नेपाली टिममा साम्बा छैनन् । घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गराएकी उनी अहिले रिह्याबिलिटेसनमा छिन् । नेपाली टिमले साम्बालाई पक्कै मिस गर्नेछ ।अर्को वर्ष भारतमा हुने एसियन कपकको छनोटमा नेपालले आफूभन्दा वरीयतामा माथि हरेका दुई टिम फिलिपिन्स र हङकङसँग खेल्नेछ ।


यस समूहमा शीर्ष स्थानमा रहने टिम एसिया कपमा छनोट हुनेछ । त्यसैले नेपाली टिमको लागि समूहको दुवै खेल महत्वपूर्ण छ ।त्यसमा पनि पहिलो खेलमै आफूभन्दा बलियो टिमसँग प्रतिस्पर्धा गर्नु चुनौती छ ।फरक परिस्थिति फरक स्थान र फरक रणनीतिका साथ नेपाली टिमले यस पटक खेल्दैछ । पहिलो पटक टिममा विदेशी प्रशिक्षक ग्यारी फिलिप्स छन् ।फिफा वरीयतामा नेपालभन्दा फिलिपिन्स ३३ स्थान माथि छ । फिलिपिन्स ६८औं स्थानमा छ भने नपाल १०१औं स्थानमा छ । हङकङ ७६औं स्थानमा छ ।नेपाली महिला टिमले अहिलेसम्म तीन पटक एसिया कप खेलेको छ । पछिल्लो पटक सन् १९९९ मा नेपालले एसिया कप खेलेको थियो । २२ वर्षपछि एसिया कपको छनोट खेल्न लाग्दा नेपाली टिम उत्साहित छ र छनोट हुने जोश र जाँगरका साथ मैदान उत्रदैँछ ।

कमेन्ट गर्नुहोस्